आईएमई लाइफले फेलोसिप सोसाइटी नेपाललाई गर्यो ५ लाख सहयोग
shilapatra.com · Wed Jun 17 14:44:48 GMT 2026

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।
कम्पनीले उपलब्ध गराएको उक्त रकमबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर र स्क्रिन रिडर सफ्टवेयरलगायतका शैक्षिक सामग्री खरिद गरिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ