ट्याम्पो, जिप र म:म:
shilapatra.com · Wed Jun 17 14:40:00 GMT 2026

कैलाली, गोदावरीकी धनादेवी धामीको ट्याम्पो यो साता एक विम्बका रूपमा सञ्जालतिर घुम्यो । ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अनौठो र अपरिपक्व अभिव्यक्ति एवं त्यसपछिको एक सातापछि ‘देश बनाउने टिम’मा केन्द्रित भएपछि अत्यन्त रचनात्मक डिजिटल नेपालीको ध्यान यो ट्याम्पोले आकर्षित गर्यो ।
सुदूरपूर्व कोशीमा नाकाबाट भारत जाने नेपाली चिया रोकिएको खबरमा सञ्जालले खासै चासो लिएन, जति मधेशबाट सेफ सन्तोष साह पक्राउ परेकोमा चासो दियो । त्यससँगै ध्यान तान्यो सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको गोदावरी–४, गाईमारे बासपानीकी धनादेवी धामीको टेम्पोले ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)