अख्तियारले छानबिन गरिरहेका व्यक्तिलाई राप्तीको निमित्त उपकुलपतिको जिम्मा
swasthyakhabar.com · Fri Dec 17 07:24:00 GMT 2021
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्यतामाथि प्रश्न उठेका व्यक्तिलाई नै थप जिम्मेवारी दिएको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।
डा लामिछानेको योग्यताका विषयमा प्रश्न उठेपछि अख्तियारले छानबिन गरिरहेको छ। डा लामिछाने प्रतिष्ठानको शिक्षाध्यक्ष हुन समेत योग्यता नपुग्ने भन्दै उनीमाथि उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको हो। अख्तियारले स्वास्थ्य मन्त्रालयसँग पनि यो विषयमा जानकारी माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)