मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्ड अलपत्र
baahrakhari.com · Sun Jan 11 18:01:10 GMT 2026

ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको उपल्लाचौर–बयलडाँडा खण्ड अलपत्र परेको छ । नौ वर्षसम्म निर्माण कम्पनीले काम नगर्दा ठेक्का सम्झौता तोडिएपछि लोकमार्गको काम अलपत्र परेको हो । पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि लोकमार्ग कार्यालयले ठेक्का सम्झौता तोडेको हो । अब कहिले नयाँ ठेक्का कहिले खुल्छ भन्ने अनिश्चित बनेको लोकमार्ग कार्यालयले जनाएको छ ।
लोकमार्गको बागलुङ नगरपालिका–उपल्लाचौरदेखि काठेखोला गाउँपालिका–६, बयलडाँडासम्मको १३ किलोमिटर सडक कालोपत्रका लागि भारत/सिद्धिसाई जेभीले विसं २०७६ माघ १३ मा सक्ने गरी २०७३ माघ १४ गते सम्झौता गरेको थियो । पाँच पटक म्याद थप गर्दा जम्मा ७९ प्रतिशत मात्रै काम गरेको लोकमार्ग कार्यालयकी इन्जिनियर कल्पना मिश्रले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)