जलवायु संकटको चपेटामा विश्वका १.१ अर्ब बालबालिका
nagariknews.nagariknetwork.com · Wed Jun 17 14:42:42 GMT 2026

विश्वव्यापी जलवायु परिवर्तनका कारण सबैभन्दा ठूलो मूल्य बालबालिकाले भोग्नुपरेको पाइएकोछ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले हालै सार्वजनिक गरेको “चिल्ड्रेन्स क्लाइमेट रिस्क रिपोर्ट– २०२६”का अनुसार विश्वका करिब १.१ अर्ब बालबालिका एकआपसमा अन्तरसंम्बन्धित कम्तीमा तीन जलवायुजन्य जोखिमको सामना गरिरहेका छन् । यसले उनीहरूको स्वास्थ्य, शिक्षा र जीवनयापनमा गम्भीर खतरा उत्पन्न गरेको प्रतिबेदनमा उल्लेख छ ।
रिपोर्टका अनुसार हाल विश्वका लगभग सबै बालबालिका कुनै न कुनै प्रकारको जलवायुजन्य जोखिमको सम्पर्कमा छन् । समुद्री बाढी, नदीजन्य बाढी, खडेरी, अत्यधिक गर्मी, तापलहर, डढेलो, बालुवा तथा धुलो आँधी र उष्णकटिबन्धीय आँधी जस्ता जोखिमहरू एकैपटक देखा पर्दा बालबालिकाको अवस्था झन् संवेदनशील बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)