२९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुईजना पक्राउ
canadanepal.com · Wed Jun 17 14:45:34 GMT 2026

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान लागेको करिब २८ लाख ९३ हजार रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार २ गते अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा जाँचका क्रममा एक चिनियाँ नागरिक र एक नेपाली नागरिकलाई विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत चीनको कुनमिङ जान लागेका ५१ वर्षीय चिनियाँ नागरिक मो योलोङ र कतार एयरवेजको उडानमार्फत कतारको दोहा जान लागेका सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ४० वर्षीय बेचन मियाँ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ
राजस्व अनुसन्धान विभाग