जन्ममिति सच्याएर तोकिएको भन्दा बढी समय सरकारी सुविधा लिने सिलवाल अन्ततः समातिए
ratopati.com · Mon Dec 09 19:20:00 GMT 2024

काठमाडौं । नारिकतामा पटक–पटक जन्ममिति सच्याएर गरी तोकिएको समयभन्दा बढी सरकारी सेवा र सुविधा लिएका सूर्यप्रसाद सिलवाल अन्ततः समातिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष वहाल रहेकै बेला सिलवालविद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुने समय २०८० साउन १६ गते भए पनि हालसम्म पनि सेवामा रहेको पाइएको अख्तियारको ठहर छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सिल्वालको नागरिकतामा जन्ममिति २०३२ साल फागुन २४ गतेको नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)