मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्बन्धविच्छेद गर्न पुरुषले एक वर्ष कुर्नुनपर्ने, विवाहिता छोरीले पनि अपुताली पाउने

nepalnews.com · Wed Jun 17 14:52:03 GMT 2026

सम्बन्धविच्छेद, अपुताली सम्पत्ति र सार्वजनिक सम्पत्ति घोषणा सम्बन्धमा सरकारले कानुन संशोधनको तयारी गरेको छ। सम्बन्धविच्छेदको कानुनी व्यवस्थामा महिला र पुरुषका लागि समान अधिकार हुने गरी संशोधन विधेयकको मस्यौदा गरिएको छ।

विद्यमान कानुनमा रहेको सम्बन्धविच्छेदका लागि एक वर्ष कुर्नुपर्ने व्यवस्था हटाउन लागिएको हो। महिलाले सम्बन्धविच्छेदको माग गरेर अदालत गए तत्कालै पारपाचुके हुने तर पुरुषले मुद्दा हाल्दा एक वर्षसम्म मेलमिलापको प्रयास गराइने कानुनी व्यवस्था छ। त्यस अवधिमा पति र पत्नीबीच मेलमिलाप नभएमा मात्र अदालतले सम्बन्धविच्छेद गराइदिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)