मष्टा मन्दिरमा भव्य मेला
ekantipur.com · Fri Dec 05 17:12:16 GMT 2025

डडेल्धुरा — डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ स्थित प्रसिद्ध मष्टा भगवती मन्दिरमा शुक्रबार भक्तजनको घुइँचोसहित भव्य मेला लागेको छ । ४५ फिटे भगवती माताको मूर्ति रहेको यो मन्दिरमा हरेक वर्ष मेला लाग्दै आएको छ । मंसिर शुक्ल चतुर्दशीका दिन मनाइने रतेडी र त्यसको दोस्रो दिन पूर्णिमामा लाग्ने दिउँसेडी जातअनुसार बिहीबार रातिदेखि नै भक्तजन मन्दिर परिसरमा भेला हुन थालेका थिए ।
परम्परागत विधिअनुसार भएको पूजापाठसँगै शुक्रबार दिउँसेडी सम्पन्न भएपछि यस वर्षको जात्रा सकिएको मेला व्यवस्थापन समितिले जनाएको छ । धार्मिक विश्वास र सांस्कृतिक परम्परा दुवैसँग जोडिएको यस पर्वमा देउडा, चौलो र बाजागाजाका कारण भक्तजनको आकर्षण बढ्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)