मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इप्पानले मनायो २४औँ वार्षिकोत्सव : जलविद्युत् नै आर्थिक विकासको पहिलो आधार - उपप्रधानमन्त्री श्रेष्ठ

nayapatrikadaily.com · Fri Jan 19 00:28:00 GMT 2024

आर्थिक समृद्धिको यात्रामा सरकारले जलविद्युत्लाई पहिलो प्राथमिकतामा राखेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जाबाटै तत्काल आर्थिक समृद्धि सम्भव हुने र सरकारले यसलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिएको बताए । त्यसका लागि सरकारले आवश्यक नीति निर्माण गर्ने र निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ । आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर सरकारले सोचिरहेको उनले बताए ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा सरकारको लक्ष्यअनुसार साढे २८ सय मेगावाट विद्युत् उत्पादन हुने दाबी गरे । त्यो लक्ष्य प्राप्ति गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने उनले बताए । मन्त्री बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको योगदान ६०–७० प्रतिशत रहेको बताए । निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशील रहेको र त्यसपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)