मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आईईसी कलेजद्वारा ‘इन्टेरियो स्केमा’ को १५औँ संस्करण आयोजना हुने

ratopati.com · Tue May 12 18:47:36 GMT 2026

काठमाडौँ । आईईसी कलेज अफ आर्ट एण्ड फेसनले आफ्नो प्रतिष्ठित वार्षिक इन्टेरियर डिजाइन प्रदर्शनी ‘आईईसी इन्टेरियो स्केमा’ को १५औँ संस्करण आयोजना गर्ने भएको छ । प्रदर्शनी यही मे ९, २०२५ मा काठमाडौँको नक्सालस्थित म्यारियट होटलमा आयोजना हुनेछ ।

कलेजका अन्तिम वर्षका विद्यार्थीहरूले आफ्नो थिसिस प्रोजेक्टको हिस्साको रूपमा आयोजना गर्ने यो प्रदर्शनी उदीयमान डिजाइनरहरूका लागि आफ्नो नवीन अवधारणा र सिर्जना प्रस्तुत गर्ने एक महत्त्वपूर्ण मञ्च हो । सन् २०११ देखि निरन्तर आयोजना हुँदै आएको यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक क्षेत्रसँग जोड्न र उनीहरूको प्रतिभा प्रदर्शन गर्न सहयोग पुऱ्याउँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)