'धावनमार्ग नजिकको कन्टेनरमा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो'
lokaantar.com

आज बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए ।
बानेश्वर निवासी केसी नियमित झै पसल खोलेर साथीभाइसँग खफिरहेका थिए । “सुरुमा डङ्ग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो”, केसीले भने, “आगोको रापले पसल छोडेर भाग्नुपर्यो, साथीभाइबीच कोलाहल मच्चियो, डरले हातखुट्टा लगलग काँपे, पाइला चाल्न सकिएन, आवाज पनि निस्किएन । विस्तारै समालिएँ । नजिकै गएर हेर्दा त विमान दुर्घटना भएर घाइतेहरू घटपटाइरहेको दृश्यले झनै मन क्षत विक्षत भयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)