विमान दुर्घटनाका साक्षीहरू भन्छन् – चाँडो उद्धार भएको भए केहीको ज्यान बचाउन सकिन्थ्यो की !
ekagaj.com · Wed Jul 24 16:54:38 UTC 2024

काठमाडौँ - आज बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासि ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए ।
बानेश्वर निवासी केसी नियमित झै पशल खोलेर साथीभाइसँग खफिरहेका थिए । 'सुरुमा डङ्ग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो', केसीले भने, 'आगोको रापले पसल छोडेर भाग्नुपर्यो, साथीभाइबीच कोलाहल मच्चियो, डरले हातखुट्टा लगलग काँपे, पाइला चाल्न सकिएन, आवाज पनि निस्किएन । विस्तारै समालिएँ । नजिकै गएर हेर्दा त विमान दुर्घटना भएर घाइतेहरू घटपटाइरहेको दृश्यले झनै मन क्षत विक्षत भयो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)