विग्ही नदीले बगाउँदा किशोरीको मृत्यु
baahrakhari.com · Mon Oct 07 17:27:29 UTC 2024

जलेश्वर (महोत्तरी) । महोत्तरीको मटिहानी नगरपालिका–९, सिमरदही गाउँमा आज विग्ही नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । विग्ही नदीमा नुहाउन गएकी उनलाई नुहाउने क्रममा आएको बाढीले बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)