मेलम्चीको पानी ल्याउने विषयमा मन्त्री यादव र संघर्ष समितिबीच सहमति
annapurnapost.com · Mon Oct 07 17:22:48 UTC 2024

काठमाडौं : खोपानीमन्त्री प्रदीप यादव तथा मेलम्चीका संघर्ष समितिबीच मेलम्चीको पानी ल्याउने विषयमा सहमति जुटेको छ। शनिबार हेलम्बु गाउँपालिकाको मेलम्चीमा बसेको वार्ता सफल भएको मन्त्री सचिवालयले जानकारी दिएको छ।
दुई पक्षबीच सहमति भएसँगै मंगलबार बिहान मेलम्चीको पानी काठमाडौंमा रहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठान्तरण गरिने छ। दसैं अगाडि काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्यअनुसार मन्त्री यादवसहितको टोली मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्नका लागि मेलम्ची पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)