दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि जेल चलान
nepalnews.com · Wed Jun 17 15:11:32 GMT 2026

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले अन्तिम सुनुवाइ नभएसम्म दुवैलाई कारागारमा राख्न आदेश दिएको हो। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दाको सुनुवाइ जारी रहेकाले उनीहरूलाई थुनामा पठाउने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ