वन्यजन्तुबाट प्रभावितको दुर्घटना बीमा
deshsanchar.com · Wed Jul 24 16:57:39 UTC 2024

गुलरिया – बर्दियाको मधुवन नगरपालिकाका– ३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बीमा गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्ज बाँकेमार्फत उनीहरुको बीमा गरेको हो।
मधुवन– १, २ र ३ नं वडामा बसोबास गर्ने एक हजार तीन सय ११ परिवारका तीन हजार तीन सय ९० महिला र तीन हजार तीन सय ६६ पुरुषको प्रतिव्यक्ति रु दुई लाखका दरले सामूहिक दुर्घटना बीमा गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)