मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यकाको तापक्रम घट्दा कठ्याङ्ग्रिने जाडो

ratopati.com · Mon Dec 09 23:37:00 GMT 2024

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

दिपायलमा पछिल्लो २४ घण्टामा २.५, डडेल्धुरामा ३.१ र सुर्खेतमा २.१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)