कला संस्कृतिको जगेर्नामा मुगाली
gorkhapatraonline.com · Fri Nov 03 07:17:42 GMT 2023
नेपालगन्ज समाचारदाता
नेपालगन्ज, कात्तिक १७ गते । बाँकेको चिसापानीमा रहेका मुगालीहरूले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन् । मुगुमा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै २०३५ सालमा तत्कालीन सरकारले मुगालीलाई त्यहाँबाट स्थानान्तरण गरेर बाँकेको चिसापानीमा राखिएको थियो । महादेव मन्दिर व्यवस्थापन समिति चिसापानीका अध्यक्ष धनभक्त बुढाले आफ्नो मौलिक कला, संस्कृति, परम्परा, रीतिरिवाज र वेशभूषा नै आफ्नो पहिचान भएकाले आफ्नो परम्परालाई बाँकेको बसाइमा पनि निरन्तरता दिएको बताउनुभयो । उहाँले चिसापानीको बसाइसँगै आफ्नो पछिल्लो पुस्तालाई संस्कार र परम्पराबाट टाढा जान नदिन आफ्नो कला संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)