सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु, आगामी आर्थिक वर्षभित्रै आईपीओ निष्कासनकाे तयारी
shilapatra.com · Thu Jul 09 00:59:00 GMT 2026

कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजना २०७८ मंसिरमा सुरु भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)