मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

Ujyaaloonline.com · Wed Jul 30 23:55:55 GMT 2025

काठमाण्डौ – गएराति मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै डडेलधुरामा ३०.४ मिलिमिटर पानी परेको छ । डोटी, अछाम, जाजरकोटलगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।

अछामको बेनिघाट जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रको आसपासामा बस्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)