खडेरीमा सम्भव हुन सक्छ कृत्रिम वर्षा
gorkhapatraonline.com · Thu Jul 31 00:00:50 GMT 2025

काठमाडौँ, साउन १५ गते । लामो समयदेखि पानी नपर्दा अहिले तराई/मधेशले सुक्खा र खडेरीको सामना गरिरहेको छ । मुलुककै अन्न भण्डार मानिने यस क्षेत्रमा विगतको तुलनामा यो वर्ष रोपाइँ न्यून भएको छ, जसले गर्दा आउने दिनमा यस क्षेत्रमा खाद्य सङ्कटको सिर्जना हुन सक्ने र मुलुकको अर्थतन्त्रमा नै असर पर्न सक्ने आकलन गर्न थालिएको छ । यी सबै अवस्थालाई दृष्टिगत गर्दै सङ्घीय सरकारले मधेश प्रदेशका आठ जिल्लालाई सुक्खा सङ्कटग्रस्त क्षेत्रसमेत घोषणा गरिसकेको छ ।
मुलुकमा सुक्खा र खडेरीको अवस्था सिर्जना भइरहेका बेला विज्ञहरूले तराई/मधेशमा कृत्रिम वर्षा (क्लाउड सिडिङ) आवश्यक रहेको बताउनुभएको छ । कृत्रिम वर्षा आवश्यक भए पनि नेपालको मौसम र वातावरणको सन्दर्भमा त्यसका लागि गहन अध्ययन र अनुसन्धान आवश्यक रहेको उहाँहरूको भनाइ छ । जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले नेपालमा सुक्खा र खडेरीको समस्या देखिन थालेकाले कृत्रिम वर्षाको तयारी आवश्यक रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)