मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंको बेला, मुग्लान जाने मेला

ekantipur.com · Mon Oct 07 23:36:16 UTC 2024

धनगढी र काठमाडौं — नेपाली सुरक्षाकर्मीको सोधपुछपछि केही पाइला पर रहेको भारतीय सुरक्षाकर्मीको चेकपोस्टतर्फ अघि बढ्दै गर्दा अछाम साँफेबगरका रामसिंह सुनारले झोलाबाट नागरिकता झिके । चेकपोस्ट पार गर्न लाइनमा बसे । उनको पालो १२ जनापछि थियो । भारतको बैंग्लोर जान हिँडेका उनी भारतीय सुरक्षाकर्मीले कडाइका साथ जाँचबुझ र लेखापढी गरिसकेपछि अगाडि बढे । उनको अनुहार उज्यालो भने थिएन ।

मलिन अनुहारमै बैतडी पुर्चौडीका प्रेमबहादुर धानुक पनि लाइनमा थिए । सुनार र धानुक जस्तै लाइनमा बसेकाहरूको अनुहारमा दसैंको मुखमा मुग्लान पस्नुको पीडा प्रस्टै झल्किन्थ्यो । ‘घरमा बूढी आमा छिन्, दसैंको टीका पनि नलगाई भारत जानुपरेको छ,’ धानुकले भने, ‘एक महिनाको बिदा मागेर आएको थिएँ । नफर्किने हो भने रोजीरोटी छुट्ने डरले जान लागेको हुँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)