ड्रोनबाट बाँडियो राहत
gorkhapatraonline.com · Mon Oct 07 23:42:14 UTC 2024

काठमाडौँ, असोज २२ गते । ड्रोन भन्नेबित्तिकै धेरैले क्यामेरा बुझ्छन् तर यसको प्रयोग त्यतिमा मात्रै सीमित छैन । अरू देशमा विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग रहँदा नेपालमा पनि अत्यावश्यक मानवीय सहायता सेवामा यो प्रयोग हुन थालेको छ ।
पनौतीका बाढी र पहिरो प्रभावित बासिन्दालाई ड्रोनको सहायताले राहत वितरण गरिएको छ । भौगोलिक विकटताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने र प्रभावित क्षेत्रका बासिन्दा राहत लिन आउन नसक्ने अवस्थामा सहजै राहत सामग्री पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)