भारतले दियो आठौं खेपको राहत तथा उद्धार सामग्री
annapurnapost.com · Wed Sep 09 14:57:37 GMT 2026

काठमाडौं : भारतले आठौं खेपको राहत तथा उद्धार सामग्री नेपाल सरकार प्रदान गरेको छ। भारतीय एयरफोर्सको जहाजबाट आएको सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार आठौं खेपमा ३५ टन राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)