मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि

barnanmedia.com · Wed Jun 17 15:45:44 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा मूल्य समायोजन गरेको जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। मूल्यवृद्धिसँगै डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य २५६ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा समायोजन गरिएको हो। यद्यपि मूल्य बढाउँदा पनि निगम अझै ठूलो घाटामा रहेको जनाएको छ।

निगमले सार्वजनिक गरेको विवरणअनुसार हाल पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको छ।

पाक्षिक रूपमा निगमले करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सानी व्यहोर्दै आएको जनाएको छ। लगातार घाटा भइरहेकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको निगमको दाबी छ।

इन्धनको मूल्यवृद्धिसँगै बजारमा ढुवानी खर्च बढ्ने र त्यसको प्रत्यक्ष असर उपभोक्ताको दैनिक खर्चमा पर्ने अनुमान गरिएको छ। साथै हवाई इन्धन महँगिँदा आन्तरिक उडानको भाडा पनि बढ्न सक्ने संकेत देखिएको छ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र असर

नेपाल आयल निगमद्वारा पेट्रोलियम मूल्य समायोजन! डिजेल र मट्टीतेलमा वृद्धि भयो, उपभोक्तामा असर। जान्नका लागि क्लिक गर्नुहोस्। #rotb #routineoftilottamabanda

Keywords: पेट्रोलियम मूल्य वृद्धि नेपाल,नेपाल आयल निगम मूल्य,डिजेल मूल्य समायोजन नेपाल,मट्टीतेल मूल्य वृद्धि नेपाल,आन्तरिक हवाई इंधन मूल्य,पेट्रोलियम पदार्थको मूल्य,उपभोक्ता दैनिक खर्च नेपाल,इन्धन ढुवानी खर्च,नेपालको पेट्रोल मूल्य,उड़ानको भाडा वृद्धि

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)