मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

lokaantar.com

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको तुईन खोला पुल नजिक बुधबार राति सुख्खा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार बेलुकी ९ बजे माथिबाट ठूलो परिमाणमा सुख्खा पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको हो। पहिरो झर्ने क्रम अझै जारी रहेकाले पूर्ण रूपमा यातायात सञ्चालन हुन सकेको छैन।

पहिरो हटाउन सम्बन्धित स्थानमा आवश्यक मेसिन परिचालन गरिएको सडक डिभिजनले जनाएको छ। पहिरो पन्छाउने कार्य जारी रहेकाले सडकको अवस्था सामान्य हुन केही समय लाग्न सक्ने बताइएको छ।

सडक डिभिजन भरतपुरले यात्रु तथा सवारी चालकलाई नेपाल प्रहरीको निर्देशन पालना गर्न तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)