कहालीलाग्दो विमान दुर्घटनाबारे के भन्छन् प्रत्यक्षदर्शी ?
farakdhar.com · Wed Jul 24 17:47:07 UTC 2024

आज बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासि ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साक्षी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए ।
बानेश्वर निवासी केसी नियमितझैँ पसल खोलेर साथीभाइसँग गफिइरहनुभएका थिए । ‘सुरुमा डंग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो,’ केसीले भने, ‘आगोको रापले पसल छोडेर भाग्नुपर्यो, साथीभाइबीच कोलाहल मच्चियो, डरले हातखुट्टा लगलग काँपे, पाइला चाल्न सकिएन, आवाज पनि निस्किएन । विस्तारै सम्हालिएँ । नजिकै गएर हेर्दा त विमान दुर्घटना भएर घाइतेहरू घटपटाइरहेको दृश्यले झनै मन क्षत विक्षत भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)