मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अझै सम्पन्न भएन १ सय ३२ केभीको बुर्तिबाङ सबस्टेशन

ratopati.com · Thu Jul 10 20:16:00 GMT 2025

बागलुङ । एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माण कार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो ।

६ वर्ष अगाडि निर्माण सुरु भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । एक वर्षदेखि स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो । गत वर्ष असार ९ गते सर्वोच्चले रिट नै खारेज गरिदिएको थियो । अहिले टावर निर्माण सम्पन्न भए पनि तार तान्ने काममा अवरोध भएको आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)