पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
clickmandu.com · Thu Jul 09 01:50:40 GMT 2026

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ ।
कुल २.४ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्वपूर्ण उपकरण डुबानमा परेका थिए । यस्तै, रोशी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पु¥याएको छ । विपद्का कारण रु सात करोड बराबरको क्षति भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)