थप दुई सहसचिवको सरुवा, सामान्य प्रशासनको प्रशासन महाशाखा प्रमुख बने कमल भट्टराई
nepalpress.com · Thu Feb 09 17:07:32 GMT 2023
काठमाडौँ । सरकारले थप दुई सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई सहसचिवको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयका सहसचिव कमल भट्टराईको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उक्त मन्त्रालयमा कार्यरत सहसचिव रघुराम विष्टको अर्थ मन्त्रालयमा सरुवा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)