मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना

ratopati.com · Thu Jul 10 21:22:00 GMT 2025

म्याग्दी। गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६० करोडमा ठेक्का सम्झौता भएको छ ।

चारवटा सडक स्तरोन्नति र एक झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको ठेक्का प्रक्रिया सकेर निर्माणको चरणमा प्रवेश गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ती आयोजना बर्खायामलगत्तै निर्माण सुरु गर्ने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)