डेम्बेलेको ह्याट्रिकमा फ्रान्सको शानदार जित, नर्वेलाई ४–१ ले हराउँदै विश्वकप छनोट समूहको शीर्ष स्थान कब्जा
kalakarmi.com · Sat Jun 27 00:07:50 GMT 2026
बोस्टन- बलोन डी’ओर विजेता उस्मान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले विश्वकप छनोटअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा नर्वेमाथि ४–१ को प्रभावशाली जित दर्ता गरेको छ । गए राति भएको खेलमा डेम्बेलेले पहिलो हाफमै ३२ मिनेटभित्र ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई सहज जित दिलाए ।
खेलअघि नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेन्नले टोलीमा व्यापक परिवर्तन गरेका थिए । शीर्ष स्थान हासिल गर्ने अवसर हुँदा-हुँदै उनले एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डसहितका प्रमुख खेलाडीलाई बेन्चमा राख्ने निर्णय गरेका थिए, जसको असर टोलीले मैदानमा भोग्नु पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)