इक्वेडरसँग बराबरीमा रोकियो नेदरल्यान्ड्स
annapurnapost.com · Fri Nov 25 17:57:00 GMT 2022
दोहा: पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स विश्वकपको समूह ‘ए’अन्तर्गत शुक्रबार राति भएको खेलमा इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको छ। पहिलो खेलमा सेनेगललाई २–० को नतिजामा पराजित गरेको नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्न सकेको भए एक खेल अगावै नकआउट चरणमा पुग्थ्यो।
तर, अब कतारविरुद्धको खेलको नतिजा पर्खनु पर्ने भएको छ। शुक्रबार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गरेको गोलसँगै डच टिमले अग्रता लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)