मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी

nepalipatra.com · Tue Nov 15 06:06:58 GMT 2022

काठमाडौँ । निर्वाचन आयोगबाट काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)