सुकुमबासी बसिरहेको होल्डिङ सेन्टरको पीडा : सरकारले खाना दिएन, खातामा पैसा आएन
kendrabindu.com · Thu Jul 09 02:18:26 GMT 2026

काठमाडौं । सरकारले विस्थापित सुकुमवासी बसिरहेको होल्डिङ सेन्टर हटाउने निर्णयसँगै खाना सुविधा कटाएपछि सुकुमवासीको विजोग भएको छ । भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले केही दिन खाना बन्द गर्दा उनीहरू थप समस्यामा परेका छन्।
सरकारले खातामा २५ हजार रुपैयाँ दिने भने पनि धेरै विस्थापित परिवारले अझै पैसा पाएका छैनन् र अस्थायी बसोबासको व्यवस्थापन गर्न सकेका छैनन्।