बुढानिलकण्ठ अपराजित, सेमिफाइनल समिकरण पूरा
hamrokhelkud.com · Wed Jun 17 16:21:24 GMT 2026

बुढानिलकण्ठ अपराजित, सेमिफाइनल समिकरण पूरा
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ड नगरपालिका अपराजित रहँदै १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
आज कीर्तिपुर कभर्डहलमा भएको खेलमा बुढानिलकण्ठले ट्रेनिङ ग्राउण्डलाई ५७-५० ले पराजित गर्दै लगातार तेस्रो खेल जित हात पार्यो। निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वाटर १४-१४ को बराबरीमा सकियो। दोस्रो सेटमा बुढानिलकण्ठले १२-८ को अग्रता बनायो।
तेस्रो क्वाटरमा ट्रेनिङ ग्राउन्डले बुढानिलकण्ठलाई १७ का विरुद्ध २३ स्कोर गर्दै खेलमा फर्कने संकेत देखायो। तर चौथो क्वाटरमा १४-५ को अग्रतामा खेल जित्न सफल रह्यो। बुढानिलकण्ठकी अनुषा मल्लले सर्वाधिक २७ अंक जोडिन् । उनी नै प्लेअर अफ दि म्याच घोषित भइन् ।
यही समूहको अर्को खेलमा ग्रान्डी स्टार्सले लुम्बिनी प्रदेशलाई ७७-६ को फराकिलो अन्तरले हराउँदै समूह उपविजेताको हैसियतमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
एकपक्षिय खेलमा ग्रान्डी स्टार्सले ३३-०, १४-४, १७-०, १३-२ ले सबै क्वाटरमा अग्रता बनायो। विनामनी योन्जनले सर्वाधिक १५ अंक जोडिन्।
सुनसरीले रोमाञ्चक खेलमा आइएस नेपाललाई ३८-३६ को अन्तरले हरायो। सुरुवाती दुई क्वाटरमा आइएसले ४-३ र १०-७ को अग्रता लिएपनि तेस्रो क्वाटर १३-१३ को बराबरीमा सकियो। चौथो क्वाटर १५-९ ले आफ्नो पक्षमा पार्दै सुनसरी रोमाञ्चक जित निकाल्न सफल भयो। सुनसरीकी हिमखेन लिम्बुले ८ अंक स्कोर गरिन्।
यस्तै अर्को खेलमा अन्नपूर्णले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८-४१ ले हरायो । अन्तपूर्णले खेलमा १५-९, ५-७, ९-९, १९-१६ को प्रदर्शन गरेको थियो ।
अन्नपूर्णकी निर्भय शर्माले सर्वाधिक २५ अंक स्कोर गरिन्। उनी नै प्लेअर अफ दि म्याच घोषित भइन् ।समूह ए बाट आइएस समूह विजेता र सुनसरी समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् ।
अब सेमिफाइनलमा समूह ए को विजेता आइएसले समूह बी को उपविजेता ग्राण्डी स्टार्सँग खेल्नेछ भने समूह बी को विजेता बुढानिलकण्ठले समूह ए को उपविजेता सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ। दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ।
नेपाल बास्केटबल संघले एक दशकपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।
Latest News
बुढानिलकण्ठ अपराजित, सेमिफाइनल समिकरण पूरा
June 17, 2026
भुवन शीर्षस्थानमा कायमै, सदभाव २ स्ट्रोकले पछाडि
June 17, 2026
ओलम्पियाड छनोट बुद्धिचालमा रुपेश र कृतिसराको अग्रता कायम
June 17, 2026
All Latest News
Popular News
बुढानिलकण्ठ अपराजित, सेमिफाइनल समिकरण पूरा
June 17, 2026
भुवन शीर्षस्थानमा कायमै, सदभाव २ स्ट्रोकले पछाडि
June 17, 2026
ओलम्पियाड छनोट बुद्धिचालमा रुपेश र कृतिसराको अग्रता कायम
June 17, 2026
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)
काठमाडौँ