मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोलामा डुबेर बालिकाको मृत्यु

gorkhapatraonline.com · Wed Jun 17 16:42:55 GMT 2026

। उदयपुरको चौदण्डीगढी नगरपालिका ९ कि एक १४ वर्षीय बालिकाको स्थानीय देवधार खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय बुधन सदाको छोरी १४ वर्षकी आयुसा सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौदण्डीगढी नगपालिका वडा १० स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी आयुसा प्रहरी टोली र स्थानीय बासिन्दाले संयुक्त रुपमा खोजतलास गर्ने क्रममा सोही दहमा साँझ ७ बजे मृत अवस्थामा फेला परेकी हुन् । उक्त घटनाका सम्बन्धमा घटनास्थलमा खटिगएको प्रहरी टोलीद्वारा थप अनुसन्धान भइरहेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)