मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

सबैको नजर ४१ वर्षे रोनाल्डोतिर, पोर्चुगल र कंगो भिड्दै

lokaantar.com

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा आज युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी टोली कंगोबीच प्रतिस्पर्धा हुँदैछ।

अमेरिकाको ह्युस्टन स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने यस खेलमा ४१ वर्षीय भेट्रान स्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको सुरुवाती ११ मा स्थान बनाएका छन्। सबैको नजर उनीतिरै छ ।

आफ्नो छैटौँ विश्वकप खेलिरहेका रोनाल्डोका लागि यो प्रतियोगिता निकै अर्थपूर्ण र चुनौतीपूर्ण देखिएको छ। विश्व फुटबलका अन्य हस्तीहरू लियोनेल मेसीले ह्याट्रिक गरेको, किलियन एमबाप्पे र एर्लिङ हालान्डले दुई-दुई गोल गरिसकेको सन्दर्भमा रोनाल्डोमाथि पनि मैदानमा आफ्नो उपस्थिति प्रमाणित गर्नुपर्ने दबाब छ।

४१ वर्षको उमेरमा पनि रोनाल्डोलाई टोलीमा राख्नुपर्ने वा नपर्ने भन्ने विषयमा पोर्चुगलमा बहस भइरहे पनि प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान रोनाल्डोको अनुभवमाथि नै भरोसा देखाएका छन्।

अर्कोतर्फ, कंगोका लागि यो ऐतिहासिक पुनरागमन हो। सन् १९७४ मा तत्कालीन जाइरेको नामबाट विश्वकप खेलेको ५२ वर्षपछि कंगो पहिलो पटक विश्वकपको मञ्चमा देखिन लागेको हो।

समूह ‘के’ मा पोर्चुगल र कंगोसँगै कोलम्बिया र उज्वेकिस्तान जस्ता बलिया टोलीहरू रहेका छन्, जसले गर्दा नकआउट चरणको यात्रा तय गर्न यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

टिप्पणीहरू