सिजनको अन्तिम खेलमा बार्सिलोना विजयी
baahrakhari.com · Sat May 22 18:10:00 GMT 2021
काठकाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत सिजनको अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रेलिगेसनमा गएको इबरलाई १–० ले पराजित गरेको हो ।
इबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनी ग्रिजम्यानले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल गरेको हो । खेलको ८१औँ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाका लागि गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)