डोनाल्ड ट्रम्पलाई ठूलो धक्का, बिटक्वाइनकाे क्य्राससँगै गुम्याे झण्डै अर्बाैं डलर
sutranews.com · Tue Nov 25 04:56:36 GMT 2025

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। उनकाे सम्पत्तिमा ठूलो गिरावट आएको छ, किनकि ट्रम्प परिवारको नेटवर्थ एक अर्ब डलरभन्दा बढीले घटेको छ।
यसको प्रमुख कारण क्रिप्टोकरेन्सी बिटक्वाइनको अचानक भएको क्य्रास मानिएको ।
ट्रम्प–ब्रान्डेड मेमेक्वाइन र एरिक ट्रम्प सम्बद्ध बिटक्वाइन इन्भेस्टमेन्ट कम्पनीलाई समेत घाटा लागेको बताइन्छ। यद्यपि एरिक ट्रम्पले लगानीकर्तालाई यो अवस्थालाई “उत्कृष्ट खरीद अवसर” भन्दै क्रिप्टोमा दोब्बर लगानी गर्न आग्रह गरेका छन्।
६ अक्टोबर २०२५ मा बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलरसम्म पुगेको थियो, तर अचानक ३० प्रतिशत गिरावट आएर ८६ हजार १७४ डलरमा झरेको छ।
फोर्ब्सका अनुसार डोनाल्ड ट्रम्पको हालको नेटवर्थ ६.२ अर्ब डलर छ, जुन सेप्टेम्बरमा ७.३ अर्ब डलर थियो। यसरी हेर्दा उनको कुल सम्पत्तिमा १.१ अर्ब डलरको सीधा गिरावट आएको छ।
यो गिरावट मुख्यतया ट्रुथ सोसलको मूल कम्पनी—ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपका सेयर मूल्यमा आएको ठूलो गिरावटका कारण भएको बताइन्छ।
सेप्टेम्बर २०२५ मा मात्र ट्रम्पको नेटवर्थ २०२४ को तुलनामा ३ अर्ब डलरले बढेको थियो, जसका आधारमा उनी फोर्ब्स ४०० सूचीमा अमेरिकाका सबैभन्दा धनी ४०० व्यक्तिमा परेका थिए। सूचीमा उनी २०१औँ स्थानमा थिए। तर हालको आर्थिक गिरावटसँगै उनको रैंक पनि तल झरेको छ, जसले उनी र उनको छविमा प्रत्यक्ष असर पारेको छ।
किन बढेको थियो ट्रम्पको नेटवर्थ ?
ट्रम्पको नेटवर्थमा ३ अर्ब डलरको उछाल क्रिप्टोकरेन्सीमा भएको ठूलो लगानीका कारण आएको थियो। ट्रम्प र उनका तीनै छोरालाई वर्ल्ड लिबर्टी फाइनान्सियल नामक डी–सेन्ट्रलाइज्ड फाइनान्स प्लेटफर्मको सह–संस्थापक बनाइएको थियो।
यो कम्पनी सेप्टेम्बर २०२४ मा सुरु गरिएको हो, जसले १०० अर्ब टोकन जारी गरेको थियो। त्यसमध्ये २२.५ अर्ब टोकन ट्रम्पको ७०% हिस्सेदारी रहेको कम्पनीलाई दिइएको थियो।
टोकन जारी भएको बेला यसको मूल्य ०.३१ डलर थियो, तर हाल घटेर ०.१५८ डलरमा पुगेको छ। एजेन्सीबाट
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)