रविविरुद्धको सहकारी ठगी मुद्दा प्रभावित पार्दै प्रचण्ड
barnanmedia.com · Tue Dec 10 21:41:54 GMT 2024

सत्ता गुमाएपछि बेचैन बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा बोक्न थालेका छन्। र,उनी सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दा प्रभावित पार्ने धाउन्नमा छन्।
प्रहरीले रविलाई हचुका भरमा पक्राउ गरेको होइन। प्रचण्ड नेतृत्वको सरकार छँदा नै संसदले गठन गरेको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गरेको हो। एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले गोर्खा मिडियामा सहकारीबाट अवैध रुपमा कर्जा प्रवाह भएको निष्कर्ष मात्र निकालेन, उक्त रकम खर्च गर्नेमध्येका ग्यालेक्सी टिभीका तत्कालीन प्रबन्ध निर्देशन लामिछानेमाथि थप कारबाही गर्न सिफारिस गरेको थियो। स्पष्ट हुन के जरुरी छ, भने रवि ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक मात्र थिएनन्, उनी सेयर सदस्य पनि थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)