बाढी, पहिरो तथा डुवानले १८ विद्यार्थीको मृत्यु, २४ वटा विद्यालय भवन पूर्ण रुपमा क्षति (सूचीसहित)
nepalpress.com · Tue Oct 08 16:54:55 UTC 2024

काठमाडौं । एक साता अघिको बाढी र पहिरोले देशभरमा १८ जना विद्यार्थीको मृत्यु भएको छ । जिल्लाबाट संकलन गरिएको विवरण अनुसार बाढी र पहिरोले विद्यालयका २४ वटा भवन पूर्ण रूपमा क्षति भएको शिक्षा मन्त्रालयले जनाएको जनाएको हो ।
बाढीले सबैभन्दा बढी क्षति काभ्रेपलाञ्चोकमा परेको मन्त्रालयका सहसचिव एवम प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाको वात्सल्यदेवी माध्यमिक विद्यालयका ६ जना, ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गोठभन्याङ माविका एक जना, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको आशापुरेश्वर आधारभूत विद्यालय एक, तिमाल गाउँपालिकाको कुशेश्वर माविका एक, सर्वोद्वार माविमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)