‘दशैँमा यात्रुले टिकट नपाउने अवस्था छैन’
hamrakura.com · Tue Oct 08 00:00:00 UTC 2024
पोखरा । पोखरास्थित पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले दशैँमा यात्रुले टिकट नपाउने अवस्था नरहेको जनाएको छ । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी प्रालिको सेवा सञ्चालन क्षेत्रमा कुनै पनि यात्रुले टिकट नपाएको वा घर जान नपाएको गुनासो नआएको जानकारी दिए ।
उनले गाडी नपाउने अवस्था आउन नदिने गरी कम्पनीले तयारी गरेको समेत स्पष्ट पारे । विज्ञप्तिमा भनिएको छ, ‘भत्किएका सडकको मर्मत सम्भार तथा झण्डै शतप्रतिशत निजी क्षेत्रको लगानी ओगटेको सार्वजनिक यातायात क्षेत्रको लगानी त्यसको प्रतिफल, बैंक एवं वित्तीय संस्थाको कर्जा लगानीको व्यवस्थापन र निजी क्षेत्रका व्यवसायीको लगानीतर्फ राज्यले प्रदान गर्नुपर्ने अभिभावकत्व शून्य छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)