मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध

barnanmedia.com · Tue Dec 10 22:05:26 GMT 2024

काठमाडौँ, २६ मङ्सिर : त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा निःशुल्क गरिएको छ ।

एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रुपमा सञ्चालन हुने गरी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो । उहाँका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)