मङ्सिर अन्तिम मङ्गलबार थानीमाइमा ३८ फूलको डोली, पॉच हजार भक्तजन
barnanmedia.com · Tue Dec 10 22:18:17 GMT 2024

काठमाडौँ, २६ मङ्सिर : तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मङ्गलबार आज ३८ फूलको डोली भित्रिएको छ ।
तनहुँ, काठमाडौँ, पोखरा, लमजुङ, नवलपुरबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले त्यसक्रममा पॉच हजार २८ भक्तजनले मन्दिरमा पूजाआजा गरेको जानकारी दिनुभयो । त्यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या दुई सय सात रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)