रुपन्देहीमा यसवर्ष पनि लुम्बिनी वास्तु सम्मेलन हुने
lokaantar.com

सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित रुपन्देहीमा लुम्बिनी वास्तु सम्मेलन हुने भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिले वास्तु परम्परा संरक्षण गर्न गत वर्षजस्तै यहीँ असार २८ गते सम्मेलन आयोजना गरेको हो ।
रुपन्देहीको तिलोत्तमा समितिका अध्यक्ष चुडामणि पाण्डेले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने जानकारी दिए । वास्तु केवल घर निर्माणको पद्धति मात्र नभई प्रकृति, ऊर्जा, संस्कृति र मानव जीवनबीच सन्तुलन कायम गर्ने प्राचीन ज्ञान प्रणालीका रूपमा स्थापित रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)