अन्तर्वार्तापछि विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले मागिन् माफी
nepalpress.com · Thu Jul 09 03:20:58 GMT 2026

सुर्खेत । टेलिभिजन अन्तर्वार्तामा अछाम र छाउपडी प्रथासम्बन्धी दिएको अभिव्यक्तिपछि विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले सार्वजनिक रूपमा माफी मागेकी छन्। उनले फेसबुकमार्फत आफ्नो भनाइबाट अछामवासीको भावना आहत भएको स्वीकार गर्दै हृदयदेखि क्षमा याचना गरेकी हुन्।
न्युज २४ टेलिभिजनको एक कार्यक्रममा सन्ज्यालले, ‘अछामको मान्छे अमेरिकामा बस्नुहुन्छ रे, तर त्यहाँ पनि छाउगोठ छ रे, ठाउँ परिवर्तन गरे पनि चेतना परिवर्तन भएन,’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन्। यो भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)