जनगुनासो नआउने गरी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन
ratopati.com · Tue Oct 08 17:55:00 UTC 2024

भक्तपुर । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सेवाग्राहीको कुनै गुनासो नआउने गरी कार्यसम्पादन गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएकी छन् ।
मंगलबार जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा नागरिक समाजसँगको अन्तरक्रियामा जिल्ला परिसर र मातहतका वृत्तमा सरुवा भएर आएका नयाँ प्रहरी उपरीक्षक एवं प्रहरी नायब उपरीक्षकहरुलाई उनले समुदायसँग निकट सम्बन्ध बनाएर अपराध न्यूनीकरणमा लाग्न निर्देशन दिइन् । उनले गुनासो र समस्या लिएर आउने सेवाग्राहीलाई प्रहरी कार्यालयमा हैरानी गराउनु आवश्यक छैन भन्दै प्रहरीले कानूनको परिधिभित्र रहेर समाज र नागरिकमुखी भएर सेवा प्रवाह गर्न निर्देशन दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)