आफ्नै कार्यकर्ताको मुखमै थप्पड हानिन् ममता बनर्जीले
nepalpress.com · Thu Jul 09 03:27:56 GMT 2026

काठमाडौँ । पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी नेतृ ममता बनर्जीले बुधबार कोलकातामा एक व्यक्तिलाई थप्पड हानेकी छन् । पश्चिम बंगालकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा निकालिएको र्यालीमा उनले आफ्नै कार्यकर्तामाथि थप्पड लगाएकी हुन् ।
तृणमूल कांग्रेसले आयोजना गरेको विरोध र्याली नाराबाजी गर्दै कलकत्तास्थित ममताको घरतिर आउँदै थियो । ममता भने र्यालीमा सहभागी थिइनन्, आफ्नै घरमा थिइन् । तर ममताको घर नजिक आइपुग्न लागेको र्यालीलाई भाजपाका कार्यकर्ताले बिथोल्न खोजे । उनीहरूले ‘चोर चोर’ भन्दै नारा लगाएपछि दुई पक्षबीच झडप सुरू भएको थियो । भाजपाका कार्यकर्ताले आक्रमण गर्दा ठूलो संख्यामा उपस्थित प्रहरी मूकदर्शक बनेको तृणमूलका कार्यकर्ताको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)